पुनर्वासी जनताका लागि सिमा सर्वे टोलि हात्तीको देखाउने दांत जस्तै साबित - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

पुनर्वासी जनताका लागि सिमा सर्वे टोलि हात्तीको देखाउने दांत जस्तै साबित



बसन्त न्यौपाने
पुनर्वास , कञ्चनपुर ।।

नेपालका विभिन्न भागहरुमा सिमा विवाद यथावत कायम रहेको छ। विवादकै कारण नेपाल र भारत विच दुई देश को सिमा अद्यावधिक गर्ने कार्य लामो समय देखि चल्दै आइरहेको छ।

त्यस्तै विवादकै बिच कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा गोबिन्द गौतमको हत्या समेत भारतीय प्रहरीको गोलि बाट भएको थियो । हत्या पश्चात् पुनर्वास क्षेत्रमा सिमा विवाद झनै चर्केर गएको छ। विवाद टुङ्गो लगाउन भनी आएको टोलि गत बर्ष बिना निष्कर्ष फर्किएको थियो ।

कैलाली देखि दार्चुला सम्मको सिमा विवाद टुंगो लगाउन भन्दै सुदर्शन सिङ धामिको नेतृत्व मा पुनः सिमा टोलि पठाइएको थियोे तर उक्त टोलि अझै कम्तीमा ६ महिना सम्म पुनर्वास क्षेत्रमा नआउने कञ्चनपुरका जिल्ला अधिकारी कुमार बहादुर खड्का बताउँछन् ।

सिमा सर्बे टोलिको बारेमा बुझ्न् गएका राजमो कञ्चनपुर का अध्यक्ष लोकेन्द्र लम्साल नेतृत्वको टोलि सङ्ग कुराकानी गर्दै प्र.जि.य खड्काले उक्त कुरा बताएका राजमो कंचनपुरका सचिव राम बहादुर कार्की ले बताउनुभयो ।

यसरी सिमा विवाद टुंगो लगाउन आएको नापी बिभागको सर्बे टोलि पुनर्वासि जनताका लागि हात्तीको देखाउने दांत जस्तै साबित भएको छ।

सर्बे टोलि आएकोमा खुसी व्यक्त गरिरहेका पुनर्वासि जनताहरु प्रमुख जिल्ला अधिकारी को उक्त कुराले चिन्तित का साथै आक्रोशित समेत बन्दै गइरहेका छन् ।

स्मरण रहोस् यस अघि आएको टोलीले साबिक सिमा स्तम्भ १९८ फर्जी भएको र सो स्तम्भ भन्दा ५०० मिटर दक्षिण तर्फ नेपाल भारत सिमा लाइन भएको बताएको थियो ।