पुनर्वास सहकारीको २६ औं साधारणसभा सम्पन्न, ३२ जना सम्मानित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पुनर्वास सहकारीको २६ औं साधारणसभा सम्पन्न, ३२ जना सम्मानित



पुनर्वास ,कञ्चनपुर । कञ्चनपुरको पुनर्वासकै जेठो सहकारी पुनर्वास सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले, विकसित देशमा एउटै सहकारीमा लाखौंलाख समुदायहरू आबद्ध हुन्छन, तर पुनर्वासमा मात्रै ४५ वटा सहकारी सञ्चालनमा आईसकेका हुनाले जुन सहकारीको उस्तै उदेश्य हुन्छ सम्बन्धित सहकारीलाई मर्ज गर्नु पर्ने बताउनु भएको छ ।

पुनर्वास सहकारीले किसानहरूद्वारा उत्पादित दूध संकलन गरि सर्बसाधारण किसानहरूलाई आत्मनिर्भर तर्फ टेवा पुर्याएको छ यस्तै अन्य सहकारीले पनि पशुपालन , फलफुल उत्पादन , अन्य नगदेबाली उत्पादन तर्फ अग्रसर हुनुपर्ने सुझाव दिंदै एउटै उदेश्यका सहकारी लाई मर्ज गर्न सकिएमात्र सहकारी फस्टाउने कुरामा नगर प्रमुखले जोड दिनुभयो । साथै सहकारीलाई अझ व्यस्थित रूपमा सञ्चालन गर्न प्रदेश सरकारले छिट्टै सहकारी ऐन ल्याउने तयारीमा रहेको समेत नगर प्रमुख थापाले बताउनु भयो ।

४ सय ३० जना सेयर सदस्य रहेको पुनर्वास सहकारीको २६ औं बार्षिक साधारणसभामा संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक बर्ष ०७४ / ०७५ को ५ करोड ६४ लाख चार हजार ८०५ रूपैया बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियोे ।

सो अवसरमा संस्थामा असल बचत कर्ता १९ जना असल कारोबार गर्ने ,११ जना सेयर सदस्य , सहकारी लाई दुग्ध डेरि सञ्चालनमा सहयोग पुर्याउने पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापालाई र तीन जना सञ्चारकर्मि गरि ३२ जनालाई दोसल्ला आढाई प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।

संस्थाका अध्यक्ष पर्शुराम विश्वकर्माले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सदस्य गणेश न्यौपाने कौडिण्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

संस्थाका अध्यक्ष पर्शुराम विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाल दुग्ध सहकारी संघ केन्द्रीय सञ्चालक सदस्य भरत बहादुर बिष्ट ,धनगढी स्थित दुग्ध विकास संस्थान का आयोजना प्रमुख गोविन्द प्रशाद लेखक रहनुभएको थियोे ।

विभिन्न सहकारी का अध्यक्ष तथा पदाधिकारी , संघ संस्था का प्रतिनिधि लगायत अतिथि रहेका सहकारीको साधारणसभामा स्वागत मनत्व्य संस्था का उपाध्यक्ष बिष्णु अर्यालले गर्नुभएको थियोे कार्यक्रमको सञ्चालन व्यवस्थापक एक कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियोे ।