पुर्नवासमा धुर्मुस सुन्तलीले पेट मिचिमिचि हसाए - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

पुर्नवासमा धुर्मुस सुन्तलीले पेट मिचिमिचि हसाए



धन बहादुर बिक  / पुर्नवास , कञ्चनपुर ।
सन नेपाल लाइफ इन्स्योरेन्स को निमन्त्रणामा पुनर्वास अाएका नेपालका लोकप्रिय हास्य कलाकार धुर्मुस सुन्तलीले पेट मिचिमिचि हसाए ।

मंगलवार सन नेपाल लाइफ इन्स्योरेन्स प्रा लि को पुनर्वास स्थित अाइविअारडिमा उपशाखा उद्घाटन कार्यक्रममा अाएका राष्ट्रिय कलाकार सिताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तली ले दर्शकलाई पेट मिचिमिचि हास्न बाध्य बनाए ।

अाजको वचत भोलीको सुनौलो भबिष्य भन्ने मुल नारा दिएर अाईविअारडि को खुलामञ्चमा सञ्चालन भएको कार्यक्रममा दुबै हास्यकलाकारले बिभिन्न मनोरञ्जनात्मक उदाहरण दिएर सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गर्न अाव्हान गरेका थिए ।

कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले दुई सय करोड को बजेटमा सञ्चालन रहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मा निर्धक्क संग वचत गर्न अाव्हान गर्नु भयो । जिबन विमाले परिवार का सम्पूर्ण सपना पुरा गर्छ उहाले बताउनु भयो । यस्तै पुनर्वास नगर प्रमुख जिवनराज थापाले दुबै हास्यकलाकार को स्वागत गर्दै विमा कम्पनी सञ्चालनमा अाफ्नो नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो , पुनर्वास उधोग वाणिाज्य संग का वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी ले धुर्मुस सुन्तली फाउन्डेसन ले भुकम्प पिडित र मुस्हर बस्तिमा नमुना घर बनाएर उदाहरणिय काम गरेर लोकप्रियता हासिल गरेका दुबै बाट देशका अग्रजहरूले पाठ सिक्नुपर्ने बताउनुभयो ।

पुनर्वास नगरप्रमुख जिवनराज थापाको प्रमुख अातिथ्यमा भएको कार्यक्रमका सभापति सन नेपाल लाईफ इन्स्योरेन्स प्रा लि अाइविअारडि का कार्यकारी प्रमुख राजकुमार अर्याल रहेका थिय ।

कार्यक्रमको सञ्चालन स्थानीय हेम थापाले गरेका थिए ।