कञ्चनपुरको पुर्नवासमा तीन दिने वैज्ञानिक वन व्यवस्थापन तालिम शुरू - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कञ्चनपुरको पुर्नवासमा तीन दिने वैज्ञानिक वन व्यवस्थापन तालिम शुरू



पुनर्वास, कञ्चनपुर  । सब डिभिजन वन कार्यालय तथा पुनर्वास नगरपालिकाकाे अायाेजनमा  तीन दिने बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि तालिम अाज देखि पुनर्वास -१० पचकडियामा सञ्चालन भएकाे छ।

पुनर्वास नगरपालिका भित्रका सामुदायिक वनका प्रतिनिधिहरूलाई वन र वन्यजन्तुकाे बैज्ञानिक तरिकाले कसरी सँरक्षण गर्ने भन्ने बारे प्रशिक्षण गराईने सब डिभिजन वन कार्यालय पचकडिया कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनु भयाे । कार्यक्रममा सम्बाेधन गर्दै वन भनेकाे दशकै सम्पत्ति भएकाले यसलाई संंरक्षण गरि राख्नु पर्ने हाम्राे दायित्व रहेकाे जिल्ला वन अधिकृत माेहन राज काफ्लेले बताए ।

अागामी पाँच बर्ष पछि पुनर्वास नगरपालिकालाई हराभरा बनाउने अाफ्नाे लक्ष्य रहेकाे नगर प्रमुख जीवनराज थापाले बताए । निजि वन दर्ता गरि बिरुवा राेप्न चाहनेलाई नगरपालिकाबाट निशुल्क बिरुवा तथा तारवारका लागि समेत अनुदान दिने समेत नगर प्रमुख थापाले बताए ।

वडा नं ९ का वडाध्यक्ष नारायण प्रसाद जैशीकाे सभापतित्वमा शुरू भएकाे तालिममा प्रमुख अतिथि नगर प्रमुख जीवनराज थापा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा नगर उपप्रमुख शारदा बिष्ट र कञ्चनपुर जिल्ला वन अधिकृत माेहन राज काफ्ले रहेका थिए ।

तालिममा पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वनका ३५ जना प्रतिनिधि सहभागी रहेका छन । तालिम मँसिर ६ गते सम्म तीन दिन सञ्चालन हुने अायाेजकले जनाएकाे छ । तालिम अबधि भर जिल्ला वन अधिकृत माेहन राज काफ्ले, सेक्टरका प्रमुख दिनेश कुमार र सत्यनारायण महताेले प्रशिक्षण दिनेछन ।