पुर्नवासमा एकदिने आँँखा शिविर सम्पन्न , १ हजार ४९ जनाको निशुल्क अाँखा परिक्षण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पुर्नवासमा एकदिने आँँखा शिविर सम्पन्न , १ हजार ४९ जनाको निशुल्क अाँखा परिक्षण



पुनर्वास,कञ्चनपुर । धनगढी नेत्रालय प्रा.लि. अाँखा अस्पताल तथा पुनर्वास नगरपालिकाको संयुक्त अायोजनामा शनिबार पुनर्वासमा एकदिने अाँखा शिविर सम्पन्न भएको छ । शिविरमा १ हजार ४९ जनाले निशुल्क अाँखाको परिक्षण गराएका छन ।

पुनर्वास नगरपालिका स्वास्थ शाखा संयोजक नन्दकुमार देवले दिएको जानकारी अनुसार ६ सय ५४ जना महिला र ३ सय ९५ जना पुरूष मध्ये ३ सय १८ जनाले निशुल्क रूपमा दृष्टि चस्मा प्राप्त गरेका छन भने १ सय २६ जनाको धनगढी स्थित नेत्रालय अाँखा अस्पतालमा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया हुनेभएको छ ।

यस संगै अन्य अाँखाका बिरामीलाई पुनर्वास नगरपालिकाले करिब ५० हजार बराबरको अौषधी सहयोग गरेको छ भने शल्यक्रियाका बिरामीलाई पनि सहयोग रकम जुटाएको छ ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले बिधिवत उद्घाटन गर्नुभएको उक्त निशुल्क अाँखा शिविरमा वरिष्ठ नेत्र रोग बिशषज्ञ डाक्टर विध्या प्रशाद पन्त , अाँखा अस्पताल नेत्र अधिकृत गोकर्ण प्रशाद भट्टले संयुक्तरूपमा बिरामीको परिक्षण गरेका गर्नुभएको थियो ।

धनगढी स्थित नेत्रालय प्रालि अाँखा अस्पताल प्रबन्ध निर्देशक डाक्टर गजेन्द्र बहादुर चन्दका अनुसार अाँखाका शल्यक्रिया गर्ने बिरामीलाई एक साता भित्र अस्पतालकै बाहनद्वारा घरदेखि अस्पताल सम्म ल्याउने र शल्यक्रिया पसच्यात घर सम्म छोड्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

नगरपालिका र धनगढी स्थित अाँखा अस्पतालले अाफ्नो घरदैलो मै यसरी अाँखाका बिरामीका लागि उपचारको व्यवस्था मिलाईदिएकोमा स्थानीयले धन्यवाद व्यक्त गरेका छन ।