पुर्नवासमा न्याय सम्पादन सम्बन्धि जनप्रतिनिधि बिच वृहत् अन्तरक्रिया - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पुर्नवासमा न्याय सम्पादन सम्बन्धि जनप्रतिनिधि बिच वृहत् अन्तरक्रिया



धन बहादुर बिक
पुनर्वास, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा न्याय सम्पादन सम्बन्धि शुक्रबार जनप्रतिनिधि बिच बृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कञ्चनपुर जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार अाचार्य को उपस्थितिमा अायोजित अन्तरक्रियामा न्ययायीक समितिको काम कार्वाही तथा मेलमिलाप का बारेमा के कसरी न्याय सम्पादन गर्न सकिन्छ भन्ने बारेमा नगरपालिका का मेयर उपमेयर वडाअध्यक्ष तथा कार्यपालिका सदस्य बिच बृहत अन्तरक्रिया कार्यक्रम को अायोजना गरिएको थियो ।

कार्यक्रममा कञ्चनपुर जिल्ला अदालत का न्यायाधीश डा . राजेन्द्रकुमार अाचर्यले अब अदालतमा जाने थुप्रै स्थानीयस्तरका मुद्दा हरू स्थानिय निकायमै छिनोफानो गर्न सकिने बताउनुभयो । संविधानको धारा १७ बमोजिम १५ देखि २० अोटा सामाजिक झैझगडा तथा मुद्दा हरू स्थानीय निकायले नै न्याय सम्पादन गर्न पाउने प्रावधान अनुरूप नगरपालिकामा गठित न्यायीक समिति संग उक्त अन्तरक्रिया को अायोजना गरिएको जानकारी दिनु भयो ।

सांधसिमाना , कुलो कुलेसो , बालीनाली नोक्सानी , कुटपिट झैझगडा , लेनदेन , ज्यालामजुरी , पशुचौपाया , अंसबण्डा , घरधनि तथा घरबहाल सिफारिस लगायत बिषयमा बादबिबाद वा समस्या अाएमा स्थानीय न्यायीक समितिले कानुनतह सबै प्रक्रिया पुर्याएर छलफलका माध्यम बाट छिनोफानो गर्नपाउने उक्त न्यायीक समिति लाई अधिकार प्रत्यायोजन गरिएको जिल्ला अदालतका न्यायाधीश डा. अाचार्यले बताउनुभयो । न्यायीक समितिले मेलमिलाप पद्धतिको माध्यम बाट दुबै पक्षलाई छलफलमा राखी सहजै बिवाद टुङ्ग्याउन सक्ने र यस्तो पद्धतिले कुनै एकलाई हार र जित नभई दुबैलाई जित गराउने साथै कम खर्च र बिना झन्झट मा बिवाद समाधान गरि समाजमा सुमधुर व्यवहार गराउन मद्दत पुग्ने अधिवक्ता तथा कञ्चनपुर जिल्ला सेलर्ड संयोजक पदमराज भट्ट ले बताउनुभयो ।

सरकारले स्थानीय तहलाई न्याय सम्पादन गर्ने जिम्मेवारी त दियो तर न्याय सम्बन्धि प्राबिधिक ज्ञान र क्षमता को अभावमा हामी अलमलमा परेका थियौ न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख सारदा बिष्ट धामीले बताउनुभयो । उस्तै समाजमा रहने सर्वसाधारण जनताको न्याय क्षेत्रमा पउँच नहुँदा न्यायप्रणाली कमजोर हुँदा दण्डहीनता बढ्दै गईरहेको कार्यपालिका सदस्य शुरेस गजुरेलले बताए ।

न्यायीक समिति को अधिकार र न्याय सम्पादन सम्बन्धि करिब तिन घण्टा सम्म चलेको अन्तरक्रियामा नगरप्रमुख जिबनराज थापा , कञ्चनपुर जिल्ला समन्वय समिति संयोजक फैरू तामाङ , पुनर्वासका ११ वटै वडाका वडाध्यक्ष , कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासकिय अधिकृत पिताम्बर पाण्डेले गरेका थिए