पुनर्वासका रमेशजङ्ग थापाद्वारा निर्देशित सर्ट मुभी "हर्के" युटुबमा रिलिज - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पुनर्वासका रमेशजङ्ग थापाद्वारा निर्देशित सर्ट मुभी “हर्के” युटुबमा रिलिज



‘जड्याहालाई सुधार्न जड्याहाकै भूमिकाका देखिए सुनिल लो’

हेमन्त न्यौपाने / कञ्चनपुर ।
रोजगारीको सिलसिलामा कोरियामा रहेका पुनर्वासका रमेशजङ्ग थापाद्वारा निर्देशित सन्देशमूलक सर्ट फिल्म “हर्के “आज युटुबमा रिलिज गरिएको छ ।

एउटा जड्याहा बुवाले पनि आफ्नो सन्तानलाई सधै योग्य र चरित्रवान बनाउन चाहन्छ । तर सन्तानहरु आफ्नै बुवाको नक्कल गर्दछन । यदि सन्तानहरुलाई चरित्रवान बनाउन चाहने हो भने बुवाआमाहरु चरित्रवान बन्नु आवश्यक छ । फिल्मको कथासार र मूल सन्देश यहि हो ।
फिल्मको मुख्य भूमिकामा सुनिल लो देखिएका छन । सुनिल लो पुनर्वासका स्थानीय वासिन्दा हुन ।

शिक्षण र पत्रकारीता पेशा गर्दै आउनुभएका लो कलाकारितामा समेत रुचि राख्नुहुन्छ । यसअघि उहाँले स्थानीय स्तरमा निर्माण भएको नेपाली कथानक चलचित्र “द स्टुडेन्ट लाईफ” र अन्य केही छोटा चलचित्रहरुमा अभिनय गरिसक्नु भएको छ । यसका साथै रामकृष्ण ढकालको गित “एक्लो भएँ जिन्दगीमा” बोलको गितमा मोडलिङ समेत गरिसक्नु भएको छ ।

फिल्मका अन्य कलाकारहरुमा विपुल बिष्ट ,दिपक धामी ,रमेश विश्वकर्मा र रहेका छन । निर्देशन , छायांकन र सम्पादन रमेशजङ्ग थापाको रहेको छ भने फिल्मको कथा सुनिल लोले लेख्नुभएको हो ।
तलको लिन्कमा क्लिक गरेर फिल्म हेर्न सकिन्छ ।

https://youtu.be/SCPXEAbtK-o