प्रधानमन्त्री ओलीको पूर्ण होस खुल्यो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रधानमन्त्री ओलीको पूर्ण होस खुल्यो



काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको होस आएको छ ।

बुधवार(आज) प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण सकिएको १५ मिनेट पछि प्रधानमन्त्रीलाई आधार लिटर पिसाव भएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीमा होस आएको छ ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो ।

‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ। उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भने, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ।’

अस्पतालका अनुसार उनको स्वास्थ्य अहिले स्थिर अवस्थामा रहेको छ ।