उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी



काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।

खड्का शेरबहादुर देउवा प्यानलका हुन् भने गुरुङ शेखर कोइराला प्यानलका हुन्।

यसअघिको कार्यकालमा खड्का मनोनित महामन्त्री थिए। गुरुङ नेविसंघको राजनीतिबाट उदाएका हुन्।

उपसभापतिका लागि विजयकुमार गच्छदार, चन्द्र भण्डारी, महेश आचार्य, दिव्येश्वरी शाह र सुजाता कोइराला प्रतिस्पर्धामा थिए। यसअघि फोरम लोकतान्त्रिकबाट पुनः कांग्रेसमै फर्किएर उपसभापति रहेका गच्छदार प्रतिस्पर्धामा पराजित भएका छन्।

प्रतिस्पर्धीमध्ये भण्डारी शेखर प्यानलका हुन् भने कोइराला प्रकाशमान प्यानलकी हुन्। महेश आचार्य भने विना प्यानल लडेका थिए।