पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी



काठमाण्डौ – शुक्रबार दिउँसोदेखि पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी परिरहेको छ ।

धनुषा, सिन्धुली, महोत्तरी, ओखलढुंगा, सोलुखुम्बुलगायत पूर्वी क्षेत्रमा हुरीसहित वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार शुक्रबार पूर्वी क्षेत्रमा ठूलो हावाहुरी आउने पूर्वानुमान गरिएको छ । हुरी विस्तारै उत्तर दक्षिणतर्फ पनि बढिरहेको मौसमविद् कडेँलले जानकारी दिनुभयो ।