पूर्वराजालाई बोल्ने अधिकार छ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

पूर्वराजालाई बोल्ने अधिकार छ



हिमाल पोष्ट ११ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गर्नु स्वभाविक भएको नेपाली कांग्रेसका पाका नेता कुलबहादुर गुरुङको तर्क छ ।

‘समय छउन्जेल केही नगर्ने र समय ढल्केपछि कारबाही गर्छु भन्दै धम्की दिने कुरा कांग्रेसको प्रजातान्त्रिक विधिविपरीत छ’ गुरुङले भने, ‘पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‍याउन हुदैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई विभाजनबाट बचाउन आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भनेकोप्रति गुरुङसहित कांग्रेसकै केही नेताहरुले आपत्ति जनाएका छन् ।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।