पूर्वराजालाई पाँचथरमा जयजयकार - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

पूर्वराजालाई पाँचथरमा जयजयकार



पाँचथर। पूर्वराजा ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम नगरपालिका–४, गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा–अर्चना गरेका छन् ।

सोमबार फिदिम आइपुगेका उनले मंगलबार दिउँसो मन्दिरमा पूजा गरेका हुन् ।

फिदिमबजारको मनस्वी होटलमा बसेका पूर्वराजा शाहलाई भेट्न सयौंको संख्यामा शुभचिन्तकहरुको भीड लागेको थियो ।

होटलदेखि आहालगैरीसम्म पैदल हिँडेर उनले सर्वसाधारणका कुरा सुनेका थिए ।

त्यसक्रममा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाएका थिए ।

सुमहात्लुङ मन्दिर लिम्बूहरुको शक्तिपीठ हो ।