दिनभर बनभोजमा बिताएका पूर्व युवराज पारसले देशको बिकाश निर्माणका बारेमा खुलेरै बिचार साटे - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

दिनभर बनभोजमा बिताएका पूर्व युवराज पारसले देशको बिकाश निर्माणका बारेमा खुलेरै बिचार साटे



बैसाख, २१ ललितपुर

पूर्व युवराज पारस शाहले बुधबार ललितपुरको लाँकुरीभञ्ज्यागं पुगेर पिकनिक मनाएका छन् । राजसंस्था पूनर स्थापनाका लागि  क्रियाशिल रंहदै आएको संस्था राष्ट्रिय सरोकार मन्चले नव बर्ष २०७४ को शुभकामना आदान प्रदानका लागि आयोजना गरेको बनभोजमा सहभागी हुन पूर्व युवराज पारस लाँकुरीभञ्ज्यागं पुगेका हुन् ।

बनभोजको बारेमा पारस निकट ब्यक्ती र राजसंस्था प्रति आस्था राख्ने कलाकार तथा लेखक र बौद्धिक ब्यक्तीहरुलाई मात्र जानकारी दिईएको भएपनि उनि लाँकुरीभञ्ज्यागं जाने कुरा थाहा पाएका सर्वसाधारण समेत उनलाई भेट्न बनभोज कार्यक्रममा पुगेका थिए । करिव ४ घण्टा बनभोज स्थलमा बिताएका पारसलाई भेट्न स्थानियहरु समेत जम्मा हुँदा माहौल खचाखच बनेको थियो ।

कार्यक्रममा गायक योगेश्वर अमात्य, जेम्स प्रधान, लेखक डा. शास्त्रदत्त पन्त, सुदुरपश्चिम पर्यटन अभियन्ता किशोर खड्का, पूर्व कर्नेल नवल शाह, पासरका मित्र सन्त, ब्याघ्रवेदनाथ  (प्रवनजंग सिंह ) लगायत पूर्व जर्नेल, कानुनबिद्, राष्टभक्त युवाहरु तथा  पारसका स्कुले जीवनका सहपाठीहरु समेतको बाक्लो उपस्थिती रहेको थियो । सञ्चार माध्यमलाई समेत जानकारी नगराईएको भएपनि बनभोज कार्यक्रमबारे सुचना पाएका सञ्चारकर्मीहरु कार्यक्रममा पुगेका थिए ।

लामो समय कार्यक्रम स्थलमा रहेका पारस उपस्थित सबैसंग खुलेरै बोलेका थिए । साधारण मान्छे जसरी नै पारस घुलमिल भएपछि सबैले उनिसंग फोटो खिचाएका थिए भने आ आफ्ना मनमा लागेका कुराहरु पनि उनिसंग सोध्ने मौका दिईएको थियो । सबैले चासो राखेको राजसंस्था र देशको पछिल्लो राजनितिक अवस्थाबारे उनले बोल्न नचाहेपनि देशको स्वास्थ्य, शिक्षा लगायतका बिकाश निर्माण र रचनात्कम कामका बारेमा भने उनले आफ्ना बिचारहरु साटेका थिए ।

लामो समयदेखि पूर्ब युवराजको भ्रमणमा सहयोग गर्ने, राष्ट्रियका मुद्धाहरुमा आवाज उठाउने लगायतका कामहरु गदै आएको संस्था राष्ट्रिय सरोकार मन्चका अध्यक्ष सोम बिक्रम सिंहले अबका दिनमा पूर्ब युबराजलाई थप रचनात्मक कार्य र गतिबिधिमा संलग्न गराउँदै लैजाने जानकारी दिएका छन् ।

 

तस्बिर :किशोर खड्काको सहयोगमा