संवैधानिक इजलासमा पुरानै न्यायाधीश दोहरिए - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

संवैधानिक इजलासमा पुरानै न्यायाधीश दोहरिए



काठमाडौं- संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्।

कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि आज पनि इजलासमा पहिलेकै न्यायाधीशहरूलाई निरन्तरता दिइएको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।