पुराना नेता समेटेर देउवाले बनाए ३० जनाको छुट्टै विभाग - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

पुराना नेता समेटेर देउवाले बनाए ३० जनाको छुट्टै विभाग



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना नेताहरूलाई ब्यबस्थापन गर्न ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्।

पार्टीमा लामो समय योगदान गरेका नेताहरुको लागि समेटेर ३० सदस्यीय सभा गरेको बताइएको छ ।

पार्टीको विधान अनुसार देउवाले सोमबार पुराना राजनीतिज्ञ ढुण्डीराज शास्त्री, सूर्यमान गुरुङ लगायतलाई समेटेर सभा गठन गरेका हुन् ।

सभामा अर्घाखाचीका पूर्वमन्त्री शास्त्री, ताप्लेजुङका अर्का पूर्वमन्त्री सूयमान गुरुङ, पूर्णानन्द शर्मा (झापा), तेजमान तुम्वाहाम्फे (तेह्रथुम), छविकुमार शर्मा (दाङ्ग), देवीध्वज बस्नेत (सोलुखुम्वु), डिल्लीप्रसाद सिटौला (झापा), हरिशंकर मिश्र (महोत्तरी), राजेन्द्र खरेल (काभ्रे), खेमराज पौडेल (कास्की), वावुराम पुरी (चितवन), सूर्यप्रसाद रेग्मी (स्याङ्जा) छन्।

त्यस्तै देवेन्द्रप्रसाद उपाध्याय (चितवन), भरतप्रसाद उप्रेती (धादिङ्ग), तोपमान गुरुङ्ग (चितवन), रामचन्द्र सिं (महोत्तरी), कृष्णबहादुर जोशी (पर्वत), चन्द्रप्रसाद न्यौपाने (गोरखा), लाल हमाल (जुम्ला), तारापति सुवेदी (स्याङ्जा), लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग), तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग), सूर्यदत्त जोशी (रुपन्देही), भगवती सिंह (रुपन्देही), केदार ढकाल (झापा–मेचीनगर), अन्तराम भट्ट (कञ्चनपुर), मदन चन्द (कञ्चनपुर), केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु), प्रमेश न्यौपाने (झापा) र अजितनारायण सिंह थापा (धनकुटा) रहेका छन्।