पुराना जहाज बेचेर ८ नयाँ किन्दै निगम - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पुराना जहाज बेचेर ८ नयाँ किन्दै निगम



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्क्री गरेर ८ थान नयाँ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ।

निगमले आन्तरिक उडान गरिरहेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो। काराेबार दैनिकमा खबर छ ।

हाल बाइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ।

‘पुराना जहाज जहाज १५ महिनाभित्र विस्थापन गरेर ८ थान नयाँ जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउँदैछौं’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने।

निगमले ६ थान आन्तरिक उडानका लागि भाइकिङ ट्वीनटर जहाज खरिद गर्ने प्रक्रिया अघिबढाएको छ भने अन्तर्राष्ट्रिय उडानमा २ थान एयरबस ३२०–२०० सिरिजका न्यारोवडी जहाज पनि खरिद प्रक्रिया अघि बढाउन लागेको कंसाकारले जानकारी दिए।