केपी ओलीको बचाउ गर्दै वर्षमान पुनले सेनालाई लगाए दोष - Himal Post Himal Post
  • २९ आश्विन २०८१, मंगलवार
  •      Tue Oct 15 2024
Logo

केपी ओलीको बचाउ गर्दै वर्षमान पुनले सेनालाई लगाए दोष



काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका छन् । ओलीकै पालामा अमेरिकालाई पत्राचार गरेको खुलासा भएपछि पुनले ओलीको बचाउ गर्दै नेपाली सेनालाई दोष लगाउँदै ओलीको बचाउ गरेका हुन् ।

नेता पुनले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझै पत्राचार गरेको बताएका छन् । ओलीको नाम नलिई पुनले सेनाले सोझै पत्राचार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । तर यसअघि नै ओलीको पालामा पत्राचार भएको खुलेको छ । नेपाली सेनाले पनि तत्कालिन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृति लिएको बताएको छ ।

सेनाले सबै बताइसकेपछि पनि पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गरेकोमा आपत्ति जनाएका हुन् ।

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरेका थिए ।

‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने हो । सामान्यत: परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरि कानुन मन्त्रालयको समेत परामर्श लिएर क्याबिनेटबाट निर्णय गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नुपर्थ्यो । तर यी सबै कुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भीर कुरा हो । अब यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ,’ नेता पुनले भने ।