पुकार बमलाई निर्वाचन आयोगले गर्यो कारबाही - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पुकार बमलाई निर्वाचन आयोगले गर्यो कारबाही



निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई जरिवाना गराएको छ। बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो।

निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेपछि बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो।

राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पनि पाँच/पाँच हजार जरिवाना गरेको छ।