पूजा र सारा एकैदिन आउने यो कस्तो पारा ? - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

पूजा र सारा एकैदिन आउने यो कस्तो पारा ?



अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाएको फिल्म म यस्तो गीत गाउँछु रिलिजको मितिमा फिल्म सायद २ पनि रिलिज भएको थियो । तर, सायद २ चलेको दर्शकले अत्तोपत्तो पाएनन् र म यस्तो गीत गाउँछुले बाजी मार्यो । यही फिल्म चलेपछि हौसिएर नै निर्देशक थापा र अभिनेत्री शर्माले फिल्म रामकहानी बनाए ।

जुन, भदौ २२ गते रिलिज हुँदैछ । तर, यो बर्ष पूजा र सुदर्शनलाई सोचेजस्तो सजिलो छैन । किनकी, यहि मितिमा फिल्म सुश्री सम्पत्ती आउने फाइनल भैसकेको छ । पत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेको यो फिल्ममा सारा, सलोन बस्नेत, विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।

दुबै फिल्मले कमेडीलाई नै प्राथमिकता दिएका छन् । यसैले, दर्शक विभाजित हुनसक्छन् । पूजा र सुदर्शनका लागि सुश्री सम्पत्ती टाउको दुखाइको बिषय त बन्न सक्छ । तर, भदौमा फिल्म नै फिल्मको ताती भएकाले पनि दर्शकले त्यती धेरै रकम खर्च गर्न सक्दैनन् । पूजा र सुदर्शनले गर्ने प्रचारको तरिकाले फिल्मको व्यापारमा भर पार्नेछ ।