संयुक्त कार्यक्रममा बबाल, १२ बजेको कार्यक्रम अझै सुरु भएन
काठमाडौं । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रममा लेनिनकै फोटो नराखेर विवाद भएपछि दुई पार्टीका नेताहरु बैठक बसिरहेका छन् ।
आइतबार लेलिन जयन्तीकै मनाउन एमाले–माओवादीले गरेको संयुक्त आयोजनाको बोर्डमा लेनिनको फोटो नराखेपछि कार्यक्रम शुरु हुनुभन्दा केहि समयघि हलमा चर्को हुटिङ भएको थियो ।
अहिले हलभित्रै विवाद समाधान गर्नका लागि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु बैठक बसिरहेका छन् ।
१२ बजे सुरु हुने भनिएको कार्यक्रम बोर्ड विवादका कारण साढे २ बजेसम्म सुरु हुन सकेको छैन् । अहिले उक्त बोर्ड उल्टो बनाएर राखिएको छ ।