प्रोफाइल बनाउँदै सरकार - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रोफाइल बनाउँदै सरकार



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको प्रोफाइल तयार पार्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश प्रोफाइललगायत ६ वटा कामको सूची तयार पारेर काम थालेको छ ।

जसअनुसार प्रदेशको प्रोफाईल ३ महिनाभित्रमा तयार हुनेछ । त्यसका लागि समिति गठन गरेर प्रदेशका तथ्यांक कार्यालयहरू, जिल्ला समन्वय समितिका कार्यालयहरूसँग समन्वय गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले प्रदेश आर्थिक कार्यविधि ऐनको मस्यौदा तयार पारिसकेको छ । प्रदेश विनियोजन ऐन, प्रदेश सार्वजनिक खरिद ऐन र नियमावली, प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, वित्तीय समानीकरण अनुदान वितरण सम्बन्धी ऐन, प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको मस्यौदा तयार पार्ने क्रममा मन्त्रालय छ ।

‘मन्त्रालयले १ हप्तादेखि ३ महिनासम्मका कार्ययोजना बनाएको छ,– उनले भने– त्यसैअनुसार हामीले मन्त्रालयका कामहरू गर्दै जानेछौं ।’
मन्त्रालयले प्रदेश संचित कोषको स्थापना गर्ने, खर्चको मापदण्ड तयार गर्ने र प्रदेश स्थिति चित्र (स्वेतपत्र) तयारी र सार्वजनिकीकरणका काम पनि अघि बढाएको छ ।