प्रियंका चोपडाले यसरी उडाइन् सलमान र 'भारत'को मजाक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रियंका चोपडाले यसरी उडाइन् सलमान र ‘भारत’को मजाक



एजेन्सी – भारतीय फिल्मी जगतमा अहिले एउटा फिल्म चर्चाको केन्द्रमा छ । सलमान खान र कट्रिना कैफको भारत फिल्मले रिलिज भएको केही दिनमा नै १ सय ६७ करोडको कमाई गरेको भारतीय संचार माध्यमले बताएको छ ।

भारत फिल्ममा कट्रिनाअघि प्रियंकालाई साइन गराइएको चर्चा अत्यधिक छ । तर प्रियंका चोपडाले अन्तिम अवस्थामा फिल्म छोडेकी थिइन् जसका कारण सलमान प्रियंकासँग निकै रिसाएको पनि बताइयो । यद्यपि, पछि सलमानले आफू प्रियंकासँग नरिसाएको स्पष्टिकरण दिएका थिए ।

अब प्रियंका चोपडाले सलमानको भारतबारे यस्तो टिप्पणी गरेकी छिन् जसका कारण सलमानको रिसको पारा माथि उठ्ने अनुमान गरिएको छ ।

मंगलबार प्रियंका आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’ को एक पार्टीमा उपस्थित भइन् यसमा प्रियंकाकी आमा मधु चोपडालगायत विभिन्न कलाकारको उपस्थिती थियो । उक्त मौकामा प्रियंका चोपडाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्म बताइन् ।

प्रियंकाले भनिन्, ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’

उनले भारतलाई छोडेर द स्काई इज पिंक रोज्नुको कारणबारे बताउँदै यसमा सोनालीको आइडिया मनपरेको बताइन् । उनले भनिन्, ‘म सोनालीको कारण नै फिल्ममा काम गर्न राजी भएँ ।’