भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ



काठमाडौं – भारतको लखिमपुरमा भएको हिंसात्मक घटनामा मारिएका किसान परिवारका सदस्यलाई भेट्न त्यसतर्फ गइरहेकी भारतीय कांग्रेस नेतृ प्रियंका गान्धीलाई प्रहरीले बीच बाटोबाटै नियन्त्रणमा लिएको छ।

उनलाई सीतापुरबाट नियन्त्रणमा लिइएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

कांग्रेस राज्य प्रमुख अजय कुमार लल्लुले यस कुराको पुष्टि गर्दै भने, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ, के कसैको दु:खमा सहभागी हुनु अपराध हो?’

घटनापछि गान्धीमात्र होइन प्रहरीले त्यहाँ जान नेता शतिशचन्द्र मिश्र, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, आम आदमी पार्टीका नेता संजय सिंहलगायतका नेतालाई पनि रोकेको छ।