के प्रियंका र निकको डिभोर्स हुन लागेको हो ? यस्तो रहेछ वास्तविकता - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

के प्रियंका र निकको डिभोर्स हुन लागेको हो ? यस्तो रहेछ वास्तविकता



मुम्बई । अभिनेत्री प्रियंका चोपडाले अन्ततः श्रीमानको थर हटाउनुको कारण खुलाएकी छन् । अघिल्लो महिना प्रियंकाले आफ्नो इन्स्टाग्रामबाट श्रीमानको थर हटाएको खबर आएको थियो ।

प्रियंकाको यो कदमले उनी र निकको वैवाहिक सम्बन्धमा चिसोपन आए हुनसक्ने आशंका गरिएको थियो । यतिमात्रै नभएर उनीहरूको डिभोर्स हुन लागेको आशंका पनि गरियो ।

तर, प्रियंका र निक यसमा केही बोलेनन् । हुन त प्रियंकाकी आमा मधु चोपडाले भने मिडियामा आएको खबर गलत भएको भन्दै खण्डन गरेकी थिइन् ।

अन्तत: प्रियंकाले यसो गर्नुको कारण खुलाएकी छन् । ई टाइम्सलाई दिएको हालैको अन्तवार्तामा अभिनेत्रीले सामाजिक सञ्जाल अकाउन्टको प्रोफाइल नेमबाट जोनस थर हटाउनुको कारण बताएकी छन् ।

यसको अरू कुनै कारण नभएर ट्विटर र इन्स्टाग्राम दुवैमा एउटै नाम राख्न खोजेको बताएकी छन् । उल्टै यो कदमपछि यसलाई यति गहिरो कुरासँग जोडेकोमा आफू अच्चमित भएको बताइन् ।

“मलाई थाहा छैन् ! मैले त मेरो इन्स्टाग्रामको नाम ट्विटर ह्यान्डलको नामसँग मिलाउन मात्रै खोजेको थिएँ । म अच्चमित भएँ कि यो कुरालाई मानिसहरूले कति ठुलो कुरासँग जोडिरहेका रहेछन् । यो सामाजिक सञ्जालमात्रै हो, यसलाई सामान्य लिनुहोस् ।”

यसका साथै उनले पतिसँग सम्बन्ध चिसो नभएको पनि बताएकी छन् ।