प्रियंका चोपडा र निक जोनसको डिभोर्स ? - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

प्रियंका चोपडा र निक जोनसको डिभोर्स ?



मुम्बई– प्रियंका चोपडा र निक जोनसको विवाह भएको चार महिना भयो । सामाजिक सञ्जालमा यिनीहरु रमाइरहेका तस्बिर लगातार सार्वजनिक भइरहेका छन् तर यहीबेला यिनीहरुको डिभोर्स हुने हल्ला पनि चलिरहेको छ ।

अमेरिकाको ओके म्यागजिनले एक गोप्य सुत्रलाई उद्धृत गर्दै प्रियंका र निकबीच झगडा भइरहने र यी दुवैले सम्बन्धविच्छेद गर्ने मनासय बनाएको समाचार प्रकाशित गरेको छ ।

निक र प्रियंकाबीच साना–साना विषयमा झगडा हुने गरेको पनि म्यागजिनले लेखेको छ ।

म्यागजिनअनुसार निक प्रियंकालाई कुल र समझदार श्रीमती भएको सोच्थे तर विवाहपछि प्रियंकाले कन्ट्रोलिङ नेचर देखाएको महसुस निकले गरेका छन् ।

‘निकको परिवारले प्रियंका परिपक्व महिला भएकाले सेटल भएर आफ्नो बच्चाको बारेमा योजना बनाउलिन् भन्ने सोचेको थियो तर उनको व्यवहार अझै पनि २१ वर्षीया युवतीको जस्तो हुँदा परिवार प्रियंकाप्रति खुशी छैन’ म्यागजिनमा लेखिएको छ ।

तर प्रियंकाका नजिकका आफन्तहरु यसलाई अस्वीकार गर्छन् । दुवै एकअर्कासँग खुशी रहेको र सम्बन्धविच्छेद हुने हल्ला गलत भएको बताउँछन् ।

यतिबेला प्रियंका–निक मियामीमा घरपरिवारसँग रमाइरहेका छन् ।

प्रियंका–निकको विवाह १–२ डिसेम्बरमा जोधपुरमा भएको थियो ।