जुलिया रोबर्ट्स बन्ने चक्करमा प्रियंकाले के गरिन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

जुलिया रोबर्ट्स बन्ने चक्करमा प्रियंकाले के गरिन



बलिउड नायिका प्रियंका चोपडा अहिले जस्ति देखिन्छिन्, पहिले थिइनन् । ओंठ र नाकको प्लास्टिक सर्जरी गराएपछि उनको अनुहार अहिलेको ढाँचामा आएको हो ।प्रियंका आफ्नो ओंठ हलिउड नायिका जुलिया रोबर्ट्स जस्तो बनाउन चाहन्थिन् । साथै उनलाई आफ्नो नाक पनि मन पर्दैनथ्यो । मिस वल्र्ड भएलगत्तै उनी करिब ६ महिना गायब भइन् । त्यतिबेला उनले सुटुक्क लन्डन गएर आफ्नो नाक र ओंठको सर्जरी गराएकी थिइन् ।

तर, सर्जरीले प्रियंकाले सोचेजस्तो नतिजा दिएन । उनको नाकको टुप्पो बिगि्रयो । ओठ पनि भद्दा देखियो । र, यही कारणले उनले केही फिल्म गुमाउनुपर्‍यो ।प्रियंकाको बारेमा हालै निस्किएको एउटा पुस्तकले यस्तो खुलासा गरेको हो । पत्रकार भारती प्रधानद्वारा लिखित उक्त पुस्तकका अनुसार महेश मांजरेकरले निर्देशन गर्ने फिल्ममा प्रियंकालाई प्रस्ताव गरिएको थियो । सो फिल्ममा उनी नायक बबी देवलको अपोजिटमा देखिनेवाली थिइन् ।

तर, जब फिल्मका निर्माता विजय गलानीले मेकअपरुपमा प्रियंकालाई भेटे, कथाले नयाँ मोड लियो । प्रियंकाको नाक र ओंठ देखेर उनी हैरान भए । प्रियंकाले एक महिनाको समय मागिन् । तर, एक महिनामा पनि केही परिवर्तन आएन । अन्ततः गलानीले प्रियंकालाई नखेलाउने निर्णय लिए ।यसैगरी प्लास्टिक सर्जरीकै कारण अनिल शर्माको फिल्म ‘हिरो’ बाट पनि उनी झण्डै निकालिएकी थिइन् । त्यतिबेला प्रियंकाले रोईकराई गरेर आफ्नो अनिललाई मनाउन सफल भएको किताबमा उल्लेख छ ।तर, बिस्तारै यही नाक र ओठमा सबै बानी पर्दै गए । बिस्तारै दर्शकले मन पराउन थाले । र, आज उनी बलिउडकी टप हिरोइनमा पर्छिन् ।