प्रियंका चोपडा सलमानसँग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रियंका चोपडा सलमानसँग



बलिउडका तीन खान, सलमान खान, आमिर खान र साहरुख खानसँग फिल्म खेल्ने अधिकांशको रहर हुन्छ । अभिनेत्री क्याट्रिना कैफ, करिना कपुर र अनुष्का शर्माको त्यो रहर पूरा पनि भइसकेको छ ।

तीनै खानसँग काम गर्ने रहर प्रियंका चोपडाको भने अहिलेसम्म पूरा हुन सकेको छैन । आमिर खानसँग काम गर्ने इच्छा पूरा नभए पनि प्रियंका १० वर्षपछि पुनः सलमान खानसँग फिल्म ‘भारत’मा देखिने भएकी छिन् । अभिनयका लागि उनी हलिउड यात्राबाट दुई वर्षपछि बलिउडमा फर्किन लागेकी हुन् ।

प्रियंका महेश मथाईको फिल्म ‘स्याल्युट’मा काम गर्न इच्छुक भएको खबर बाहिरिए पनि त्यसमा आमिर खानले रुचि नदेखाएको खबर पाएपछि उनी टाढिएकी थिइन् । केही समयअघि मुम्बई आएका वेला सलमानको भारत फिल्ममा अफर आउनेबित्तिकै उनले सहमति जनाएको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।

प्रियंका लामो समयदेखि बिदेसी प्रोजेक्टमा व्यस्त छिन् । फिल्मको निर्देशन अलीअब्बास जफरले गर्दै छन् । फिल्म सलमान खानको कम्पनी ब्यानरमा बन्न लागेको हो । प्रियंकाले यसअघि सलमानसँग ‘सलाम–ए–इस्क’, ‘गड तस्सी ग्रेट हो’ र ‘मुझसे सादी करोगे’मा काम गरेकी थिइन् ।