प्रियंकालाई बाँदर्नीले थप्पड हानेपछि ...... - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रियंकालाई बाँदर्नीले थप्पड हानेपछि ……



काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो निजी जीवनका सबै रहस्य उजागर गर्ने गरेकी छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा उनले आफूलाई बाँदर्नीले थप्पड हानेको रहस्य खोलिन् ।

उनले आफ्नो बाल्यकालको घटना सुनाउँदै तीन क्लासमा हुँदा स्कूलको एउटा रुखमा बाँदर्नी देखेको बताइन् । बाँदर्नीले आङ कन्याइरहेको देखेपछि प्रियंका पेट मिचीमिची हाँस्न थालिन् ।

बाँदर्नीले प्रियंका हाँसेको देखेपछि अचानक रुखबाट ओर्लिएर उनीनजिक आएको र एक थप्पड हानेर फेरि रुख चढेको उनले बताइन् । आफूलाई त्यो क्षण अझै याद रहेको उनको भनाइ छ ।

प्रियंका छिट्टै द स्काई इज पिंक फिल्ममा देखिँदैछिन् । त्यसको शूटिङ सकिएर पार्टी पनि दिइएको छ ।