प्रिया प्रकाशको नयाँ उचाई : बलिउड फिल्ममा मुख्य भूमिका - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रिया प्रकाशको नयाँ उचाई : बलिउड फिल्ममा मुख्य भूमिका



मुम्बई – भाइरल भएर रातारात चर्चामा आएकी कलाकार प्रिया प्रकाश वारियर ‘श्रीदेवी बंगलो’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । अहिले खबर आएको छ कि, उनले अर्को पनि बलिउड फिल्मबाट अफर आएको छ ।

भारतीय मिडियाका अनुसार मयंक प्रकाश श्रीवास्तवको फिल्म ‘लभ ह्याकर्स’ मा प्रिया प्रकाशले मुख्य भूूमिका निभाउने छिन् । यो फिल्म साइबर क्राइमसँग सम्बन्धित छ ।

यो फिल्म अर्को महिनाको अन्ततिर फ्लोरमा जानेछ । फिल्मको शूटिङ लखनउ, गुरुग्राम र मुम्बईमा हुनेछ । प्रिया प्रकाशले एक त्यस्ती युवतीको भूमिका निभाउँदै छिन्, जो युवती दुर्भाग्यपूर्ण परिस्थितिमा फस्छे । र, आफ्नो बुद्धिले त्यहाँबाट उम्किन्छे । फिल्मको कहानी वास्तविक घटनामा आधारित छ ।

प्रिया प्रकाश फिल्म ‘ओरु उदार लभ’ बाट चर्चामा आएकी थिइन् । उक्त फिल्मको एक दृश्यले उनलाई रातारात भाइरल बनाएको थियो । उक्त फिल्म गएको प्रणय दिवसमा रिलिज भएको थियो ।