सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान :प्रचण्ड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान :प्रचण्ड



काठमाडौं। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् ।

प्रचण्डले पृथ्वीनारायण शाहले सामन्ती राज्य विस्तार गरेको बताएका हुन् । ‘नेपालको केन्द्रिकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।’

प्रचण्डले पृथ्वीनारायण राष्ट्रिय एकताको नेतृत्व गरे वा राज्य मात्र विस्तार गरे भन्ने बहसकै विषयको भएको बताए ।

‘पृथ्वीनारायणलले भुरेटाकुरे राज्यहरुलाई केन्द्रिकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ,’ प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहले राज्य विस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सहि निष्कर्षमा पुग्न सकिन्छ ।’