प्रिन्सिपल भुसाल मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

प्रिन्सिपल भुसाल मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन



कैलाली । बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको मसुरिया बजारमा प्रदर्शन गरिएको छ ।

निजी विद्यालयको संगठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् ।
सयौंको संख्यामा सहभागी स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर नाराबाजी र प्रदर्शन गरेका थिए ।

वैशाख ११ गते राति घोडाघोडी नगरपालिका- १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा भुसालको शव फेला परेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।