रवि लामिछानेको कार्यक्रममा लाग्यो यस्तो प्रतिबन्ध - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रवि लामिछानेको कार्यक्रममा लाग्यो यस्तो प्रतिबन्ध



काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने फैसला सुनाएकोे छ।

रविले आफ्नो कार्यक्रम चलाउन पाउने भए पनि अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसबारे बोल्न प्रतिबन्धित गरिएको हो ।

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग जिल्ला अदालत चितवनले ५ लाख धरौटी लिई रिहा गर्न आदेश दिँदै यो प्रकरणबारे बोल्न नपाउने गरी सिधा कुरा जनतासँग कार्यक्रम चलाउन दिने निर्णय गरेको छ।


जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

उनीसँगै पत्रकार युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखको आदेश सुनाइएको छ।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।