प्रेस युनियन कैलालीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा देउवा - Himal Post Himal Post
  • १३ बैशाख २०८२, शनिबार
  •      Sat Apr 26 2025
Logo

प्रेस युनियन कैलालीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा देउवा



कैलाली । नेपाल प्रेस युनियन कैलाली शाखाको पाँचौ जिल्ला अधिवेशनबाट सोमबार नयाँ नेतृत्व चयन भएको छ ।

नेपाली काँग्रेस निकट मानिने पत्रकार संस्था प्रेस युनियन कैलाली शाखाको नयाँ कार्य समितीमा श्रवण देउवाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन भएको हो । त्यस्तै समितिको उपाध्यक्षमा दिनेश दहित, महिला उपाध्यक्षमा भावना जोशी सचिवमा सीताराम ओझा, सहसचिवमा अनिता चौधरी चयन भएका छ्न भने कोषाध्यक्षमा सुनिल आउजी चयन भएका छन् ।

साथै कार्य समितिको खुला सदस्यमा गगन ऐडी, कृतबहादुर विष्ट, प्रदिप पाठक, धमेन्द्र विष्ट, कैलाश कठायत, शंकर बोहरा, शेर बहादुर ऐर, हेमराज भट्ट चयन रहेका छन् । त्यस्तै महिला सदस्यमा उर्मिला अवस्थी, सविता वुढा र रुपा साउद छानिएका छन् । यस्तै जनजाति आदिवासी सदस्यमा रञ्जित लामा, मधेसी सदस्यमा विवश चौधरी र आरिक्षत सदस्यमा विवेक नागरी चयन भएका हुन् ।