प्रेममा धोका खाए पछि भौतारीदैँ मोडल कृष्ण सापकोटा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

प्रेममा धोका खाए पछि भौतारीदैँ मोडल कृष्ण सापकोटा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियोहरूमा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयमा राम्रै चर्चा बटुलेका अर्घाखाँची बल्कोटमा जन्मिएर हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाउँदै नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत “ छायाँ खोज्न कहाँ जाम”को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा स्वर चर्चित गायिका देवी धर्ती मगर र भीम लम्तरी मगर छ भने सङ्गीत प्रतिमा मगर र मोडल कृष्ण सापकोटाको शब्द सृजनामा गीत बजारमा आएको हो ।

भिडियोमा मोडल रञ्जु अधिकारीले कृष्णलाई साथ दिएकी छिन, माया प्रेम भित्रका पिडालाई देखाउन खोजिएको भिडियोमा कपिल लामाको निर्देशन नवीन घर्ती मगरकको सम्पादन रहेको छ भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् ।

सापकोटा प्रोडक्सनको ब्यानरमा निमार्ण गरिएको गीतको भिडियोलाई सभ्यता क्रियशनले कृष्ण सापकोटाको प्रस्तुतिमा बजारमा ल्याएको हो ।