प्रेम सम्बन्धले करियर चौपट - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रेम सम्बन्धले करियर चौपट



अभिनय भनेको क्षमता हो भने पनि नायिकाको हकमा विवाहपछि अफर सुस्त हुन्छ । नायिका दीपिका प्रसाईलाई नै हेरौं न, फिल्म निर्देशकसँग विहे गरेपछि उनी अहिले फुर्सद नै छिन् । कुनै ब्यानरको अफर छैन ।

सायद यस्तै केही सोचेर, विहे फिक्स भएपनि बिहे नगरेकी प्रियंका कार्कीलाई नै हेरौं न । आयुष्मान देशराजसँगको प्रेमसम्बन्ध उनलाई फाप्नुसम्म फापेको छ । विज्ञापनदेखि म्युजिक भिडियोसम्म यो जोडीको बोलवाला छ । प्रियंकालाई झैं सबैलाई प्रेमसम्बन्ध सबैलाई कहाँ फाप्छ र ? प्रेम सम्बन्धले बजार तताउँदा पनि अफर सुस्त हुने रहेछ । सौगात मल्ल र श्रृष्टि श्रेष्ठलाई नै हेरौं न !

यी दुवै प्रेममा छन्, भन्ने कुरा ओपन सेक्रेट भइहाल्यो । तर, दुवै विहे भने गरेका छैनन् । अभिनय क्षमतामा श्रृष्टिलाई छ्या भनिहाल्नुपर्ने अवस्था छैन । अहिले बजारमा चलेका नायिका तुलनामा राम्रै अभिनय गर्छिन् । सौगात त अभिनयमा ब्राण्ड नै बनाएका अभिनेता भइगए ।

तर, के गर्नु ? अहिले यी दुवै बेरोजगार छन् । कुनै ब्यानरले नपत्याउँदा यी दुवैले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर दिन कटाइरहेका छन् । यस्तै हो, कसैलाई फालाफाल, कोही कंगाल ! धैर्य गरौं, कसैले सौगात र श्रृष्टिलाई कसो नजर नलगाउला त ?

यो जानकारी शुक्रबार साप्ताहिकबाट ।