प्रेम सापकोटा सोनुको धुरुक्कै रुवाउने दसैँ गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रेम सापकोटा सोनुको धुरुक्कै रुवाउने दसैँ गीत सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हरितालिका तीज सकिए लगत्तै अब वडा दसैँ नेपालीहरूको घर अागँन आउँदै छ यसैक्रममा नेपाली गीत सङ्गीतको बजारमा दशैसँग सम्बन्धित रहेका गीत सङगीत दिनप्रतिदिन भित्रिन थाली सकेका छन् ।

आफ्नो घरपरिवारबाट टाढा रहेका छोरा छ‍ोरीहरु घर जान पाउनेहरू हर्षले गदगद भएका छन् तर जो यसपालि पनि घर जान नपाई परदेशमा नै मन अमिलो बनाएर बस्नु परेको छ उनीहरूको मन पक्कै पनि रोइरहेका छ । परदेशी भूमिमा भने जस्तो काम र दाम पाउन नसके पछि घर परिवारलाई दसैँ खर्च के पठाउने र कसरी घर जाने यस्तै यथार्थ कथा वस्तुमा तयार परिएको प्रेम सापकोटा सोनुको दसैँ गीत “दसैँ खर्च” भिडियो सहित सार्वजनिक भएको छ ।

परदेशी भूमिबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय देखिएका बहुप्रतिभाका धनी गायक प्रेम सापकोटा “सोनु” को शब्द तथा लय सिर्जनामा प्रेम सापकोटा सोनु र देवी घर्तीले आवाज दसैँ खर्च बजारमा आएको छ ।

यस्तै पछिल्लो समयकी अत्यन्तै व्यस्त निर्देशक स्मृति तिमिल्सीना “गुरूआमा”को निर्देशनमा प्रेम सापकोटा र रमा थपलियाको जीवन्त अभिनय रहेको उक्त म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

यस्तो छ भिडियो: