प्रेम दुई आत्माको मिलन हो, भावनाको सम्मान र आत्मसन्तुष्टि हो :गायिका गिरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रेम दुई आत्माको मिलन हो, भावनाको सम्मान र आत्मसन्तुष्टि हो :गायिका गिरी



देउखुरी, दाङमा जन्मीएर  केही समय यता देशको राजधानी काठामाडौंलाई आफ्नो कर्मथलो बनाउँदै आएकी नेपाली लोक दोहोरी गायन क्षेत्रमा क्रियाशील झट्ट हेर्दा मोडल भन्दा कम नदेखिने भेट्दा मिजासिली र रसिली स्वभावकी गायिका हुन भूमिका गिरी ।

लोक दोहोरी गायनको क्षेत्रमा छोटो समयमै सफलताको मार्ग पहिल्याएकी गायिका गिरीले ‘लौका चाख्ने मौका देऊ’ गीतबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन । प्रस्तुत छ, देश तथा विदेशका स्टेज कार्यक्रममा निकै ब्यस्थ देखिने गायिका गिरी सँग हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेले गरेको कुराकानी ।
तपाईँको सङ्गीत क्षेत्र पूर्ण रूपमा पेसा हो वा फुर्सदको सदुपयोग ?
किन कलाकार सबैले साङ्गीतिक क्षेत्र फुर्सदको सदुपयोग गरे जस्तो तपाईँलाई लाग्छ र ? मलाई त के लाग्छ सङ्गीत नै हरेक कलाकारको पेसा हो र मेरो सन्दर्भमा पनि सङ्गीत मेरो पेसा हो जुन पेसा म विगत ८ वर्षदेखि निरन्तर अङ्गालिरहेकी छु ।

पहिला एल्बम निकालेर सङ्गीतको गुरु खोज्न हिड्नु भयो या सङ्गीत सिकेर एल्बम निकाल्न ?
आफूमा कला र गला भए पनि त्यसमा निखार ल्याउन र निर्धक्क प्रस्तुति दिन जो कोही लाई पनि सुरुसुरुमा गाह्रो हुन्छ त्यसैले मैले मेरो कन्फिडेन्स बढाउन, सिक्न , र यस क्षेत्रमा टिक्न दोहोरी साझले पर्याप्त ज्ञान दियो र एल्बम निकाले ।

 भूमिका गिरी दुई अर्थि लाईभ दोहोरी गीतबाट चर्चामा आएको हो भन्ने गाई गुई छ के यो सत्य हो ?
दुई अर्थी या तीन त्यो दर्शक श्रोताले छुट्टाउने कुरा हो ,म मेरो कला र गला देखाएर यस क्षेत्रमा निरन्तर लाग्ने हो । गाइगुइका पछाडि लागेर हुने केही छैन र त्यस्ता गाइगुइ सुनेर यो प्रश्न गर्नुको नि कुनै अर्थ छ जस्तो मलाई लाग्दैन ।

लोक दोहोरी क्षेत्रमा तपाईँको कारण बिकुती आयो भन्छन् नि ?
अहिले सम्म कहिल्यै नसुनेको र कसैले नसोधेको प्रश्न गर्नुभयो । मेरो कुन सिर्जनाले वा भनौ मेरो के कारणले यो क्षेत्रमा विकृति आयो यो भन्ने मान्छेलाई म आफैलाई प्रस्ट पार्दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

आजको मिति सम्म आउँदा गीत सङ्गीत क्षेत्रमा लागेर वास्तवमै उसको कलाको सही सम्मान नभएको व्यक्ति को जस्तो लाग्छ ?
खासै यो नै भन्ने मलाई कोही लाग्दैन हुनुपर्ने ठाउँमा लगभग सबैको सम्मान भैराखे जस्तो मलाई लाग्छ।

केही कलाकारहरू टिकट कै भरमा विदेशका कार्यक्रममा हिँड्ने गरेका हल्ला धेरै सुनिन्छ के यो सत्य हो ?
खै त्यो अब कार्यक्रम मै हिड्नेहरुलाइ नै थाहा होला त्यस्तो कुरा त हामी आफै कलाकारमा भर पर्ने कुरा हो र हल्ला पनि कतिसम्म सत्य हो भन्ने कुरा बुझ्न जरुरी छ।

तपाईँ सँग अरू गायिका सँग नभएको एउटा फरक गुण के छ ?
सबैको आफ्नो आफ्नो गुण हुनु स्वभाभिक हो र लाग्छ म सङ्ग भएको गुण अरू सङ्ग नहोला अरू सङ्ग भएको गुण म सङ्ग पनि नहोला त्यसैले यही फरक गुण छ भन्ने छुट्टाउने काम चाहिँ दर्शक श्रोताको नै।

 यदि यो क्षेत्रमा नभएको भए तपाईँ यस क्षेत्रलाई कसरी सहयोग गर्न सक्नु हुन्थ्यो ?
सबैभन्दा ठुलो कुरा यस क्षेत्रको सम्मान हो यो क्षेत्रमा लागेका कलाकारहरूको सिर्जनालाई माया गर्नु नै हो यसरी नै मेरो तर्फबाट हुने सहयोग सम्पूर्ण हुने थियो।

कुनै क्षेण यस्तो आयो जहाँ यो क्षेत्र अंगालेर गल्ती गरेको जस्तो लाग्यो ?
छैन छैन अहिलेसम्म त्यस्तो लागेको छैन म निकै खुसी छु अब हेरौ आउँदा दिनमा के हुन्छ ।

तपाईँको फ्यानबाट प्राप्त सबैभन्दा अजिवको प्रतिक्रिया केही छ ?
सबैले माया नै गर्नुहुन्छ त्यस्तो अजिब भन्ने छैन।

 अहिले संम्म कति वटा जति गीत गाउनु भयो ? आफूलाई चिनाएको गीतको नाम लिनु पर्दा? ?
-एक दर्जन बढी गीत भैसकेको छ।सुरुमा मेरो लौका चाख्ने मौका देऊ पनि राम्रै चल्या हो तर पनि म आफूलाई चिनाएको गीत “तिहुन मीठो बनायो चुकैले” नै हो भनम।

तपाईँको बिचारमा प्रेम के हो ? कसैको प्रेममा हुनुहुन्छ ? 
प्रेम दुई आत्माको मिलन हो ,भावनाको सम्मान र आत्मसन्तुष्टि हो जसले हरेकको जीवनमा नयाँ आयाम ल्याउदछ।अहिलेसम्म छैन ।

 सेक्समा प्रेम आवश्यक कि प्रेममा सेक्स ? 
थाहा भएन ।

पत्रकार शब्द सुन्दा दिमागमा पहिला के आउँछ ?
हरेक क्षेत्रलाई झक्झकाउने र यो देशलाई अति आवश्यक राष्ट्र पुत्र भन्ने सोच्छु।

एउटा त्यस्तो प्रश्न जुन तपाईँ आफैलाई सोध्नोस र आफै उत्तर दिनुहोस् ?
– खै के सोधु न कुनै सन्दर्भ न के हाहाहा…आएन मलाइ त ।

अन्त्यमा ..
मलाई मेरो सिर्जनालाइ माया गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभारी छु  । आउँदा दिनमा नि यस्तै माया सद्भावको आशा राख्दछु लोक दोहोरी क्षेत्रलाई सधैँ माया गर्नुहोला भन्दै हिमाल पोस्ट परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।