जाली प्रेम :लघुकथा
अनिल शर्मा
उनको र मेरो घर बाटोको वारी र पारी थियो ।कैले चटपटे त कैले फुल्की खाने बहानामा हाम्रो भेट लगभग सधाझै भइरहन्थ्यो।
हुन त उनको घरका र मेरो घरका मान्छेको बिचमा आपसी चीनजान नभएको पनि होइन तरपनि हामी एकअर्कालाई भेट्ने कुरो घरकासामु भन्न अलि डराउथ्यौ।
हल्का रात परेपछि उनको र मेरो चोकतिर जाने काम परिरहन्थ्यो या अझ भनौ हामी दुवैले केही न केही काम पारिहाल्थ्थौ।दिन बिते , हप्ता बिते र बिते कैयौ महिना तर हाम्रो दिनचर्या भने त्यही नै थियो ।
अझ कैलेकाही त समयको हटबन्धी टोढेर हामी बेलुकी दश बझेको पत्तै पाउदैनथ्यौ।”हिजो त क्या गाली खाए मैले धन्नै मार्नुभएन “अर्को भेटमा उनी सुनाउथिन।तर खै दैवको आँखा लाग्यो कि कुन्नि उनको र मेरो बिच भेट हुन छाडेको छ।आजकाल उनी आमा भएकी छिन र मेरै मामाको घर नजिक पुग्दा म मामा सम्बोधित हुन्छु उन्की प्यारी छोरीबाट।