गाउँमा प्रवेश नगर्न स्थानीयले दिए सत्तारूढ नेकपालाई चेतावनी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

गाउँमा प्रवेश नगर्न स्थानीयले दिए सत्तारूढ नेकपालाई चेतावनी



हुम्ला– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका १ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् । हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै उनीहरूले एक विज्ञप्ति निकालेर चेतावनी दिएका हुन् ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रले आफ्ना नातागोतालाई मात्रै सिफारिस गरेको आरोप लगाएका छन् । गाउँमा कमिटी र संगठन गठन गर्न नदिने र अब आउने चुनावमा नेकपालाई हेप्का गाउँ प्रवेश गर्न निषेध गर्ने विज्ञप्तीमा जनाइएको छ ।

जिल्लाको अगुवा नेताहरूलाई कुनै पनि राजनीतिक कार्यक्रम र पार्टीको कार्यक्रम लिएर गाउँ जान रोक लगाएपछि आक्रोश व्यक्त गरे । राजनीतिक रूपले सक्रिय हुँदाहुँदै पनि पनि पूर्वआग्रह गरेको हेप्काबासीले बताएका छन् ।