प्रवासी नेपालीका समस्या समाधान गर्न प्राथमिकता दिएका छौ :कार्यवाहक राजदुत रेग्मी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रवासी नेपालीका समस्या समाधान गर्न प्राथमिकता दिएका छौ :कार्यवाहक राजदुत रेग्मी



अर्जुन खनाल /ईन्द्र कमल जैरु ,नयाँ दिल्ली 

भारतमा रहेका प्रवासी नेपालीका समस्या समाधान गर्नका लागि नयाँ रूपले पहल थालेको भारतका लागि कार्यवाहक राजदूत भरत कुमार रेग्मीले बताउनु भएको छ ।

पछिल्लो समय विभिन्न किसिमका अन्याय र समस्यामा परेका नेपालीहरूले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट कुनै प्रकारको सहयोग त परै जाओस् उनीहरूको गुनासो समेत नसुनिदिने लगायतका जनगुनासो बढेका छन् । जनगुनासोप्रति ध्यानआकर्षित गर्दै कार्यवाहक राजदूत रेग्मीले आफूले मङ्गलवार मात्रै दूतावासमा रहेका  काउन्सलरहरुसँग बैठक गरी समस्यामा परेर दूतावाससम्म पुग्ने नेपालीहरूको गुनासो सुनेर समाधानको प्रयास निकाल्न निर्देशन दिएको बताउनु भएको छ ।

धेरै पटक पीडित नेपालीले दूतावासभित्र रहने सम्बन्धित काउन्सलरसम्म नपुगेर फर्किएका कयौँ घटना हुने गरेको स्वीकार गर्दै त्यसमाथि परिवर्तनको प्रयास भइरहेको बताउनु भयो ।  आफ्नो क्षेत्राधिकार भित्र पर्ने नेपालीहरूको समस्यालाई आफूहरूले समाधान गर्दै आएको जानकारी दिँदै कयौँ पटक समस्यामा परेका नेपालीहरू दूतावाससम्म पुग्नै नसक्ने पनि बताउनु भयो ।

भारतस्थित नेपाली दूतावासभित्र राजनीतिक, कानुनी, सांस्कृतिक, आर्थिक क्षेत्र हेर्नका लागि छुट्टा-छुट्टै काउन्सलरहरु रहेका छन् । उनीहरूले समस्याको प्रकृति हेरर समाधानको प्रयास गर्ने गर्दछन् । पछिल्लो समय दूतावास धाउने नेपालीहरूले सम्बन्धित व्यक्तिसँग भेट्न समेत नपाएको गुनासो गर्न थालेपछि दूतावासले प्रवासी नेपालीहरूको समस्यालाई प्राथमिकता दिएर काम गर्ने पहल थालेको हो ।