प्रवासी नेपाली मञ्च कतारद्वारा नगर कमिटी गठन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रवासी नेपाली मञ्च कतारद्वारा नगर कमिटी गठन



ओम प्रकाश बानियाँ/दोहा, कतार

प्रवासी नेपाली मञ्चको पाँचौँ अधिवेशन पश्चात् केन्द्रको निर्देशन र मञ्चको विधान अनुरूप नयाँ संरचना अनुसार प्रवासी नेपाली मञ्चले बिधिबत रूपमा नगर कमिटीहरु गठन गरेको छ ।

डिसेम्बर २२ तारिक शुक्रवारका दिन ग्रेण्ड मल स्थित वाईट हाउस रेस्टुरेन्टको हलमा आयोजना गरेको नगर कमिटी पुनर्गठन कार्यक्रमले सनैया एरिया नगर कमिटी २ र ३ पुनर्गठन गरेको हो । कार्यक्रममा मञ्च सँग आबद्ध कतारमा कार्यरत श्रमजीबीहरुको बाक्लो उपस्थितिमा रहेको थियो ।

प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका राष्ट्रिय कमिटी सदस्य तथा सङ्गठन विभागका सचिव धर्मेन्द्र खड्काले गरेका थिए भने कार्यक्रमको अध्यक्षता मञ्चकै राष्ट्रिय कमिटी सदस्य तथा सङ्गठन विभाग उपप्रमुख चन्द्र बि.क ले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कमिटी सदस्य तथा नगर /इलाका कमिटी इन्चार्ज बालकृष्ण भित्रीकोटीले मन्तव्य राखेका थिए भने मञ्चका कार्यबाहक महासचिव प्रभात त्रिपाठीले नगर कमिटी पुनर्गठनको औचित्यका बारेमा प्रस्ट परेका थिए । मञ्चका पूर्व सचिव रामजी गिरीले मुलुकको वर्तमान राजनैतिक अवस्था र प्रवासी नेपाली मञ्चको स्थापना कालदेखिको भूमिकाका विषयमा चर्चा गरेका थिए । मञ्चका उपाध्यक्षहरु द्रोण बहादुर बस्नेत, चानिलाल राजबंशी, जियाबाबू खान अब्दुल हफिज मिया आ आफ्नो मन्तव्य राखेका थिए । मञ्चका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चानक पोखरेलले मञ्चले कतारमा कार्यरत श्रमिकका समस्याको निराकरण गर्न स्थापना कालदेखि नै लागि परेको र देशमा भइपरि आउने समस्यालाई सामाधान गर्ने गरेको चर्चा गरेका थिए |

कार्यक्रमले पुनर्गठित नगर कमिटी २ मा रेवती पोखरेलको अध्यक्षतामा ११ सदस्सीय कार्य समिति चैन गरेको छ जसमा उपाध्यक्ष: लीला प्रसाद गौतम, उपाध्यक्ष:दीपक तामांग, सचिव: बुद्दिसागर सुबर्णकार, सहसचिब: पुष्प सापकोटा, कोषाध्यक्ष: आशिष् कटुवाल र सदस्यहरूमा क्रमशः अनिरुद्र दाहाल, हरि राना, सुरेश दाहाल, द्रोण प्रसाद भेटवाल र ईश्वर सिंह महतो छन् ।

पुनर्गठित नगर कमिटी ३ मा भुपाल राईको अध्यक्षतामा उपाध्यक्ष: दुर्गा बहादुर तामांग, उपाध्यक्ष: रेसम तामांग, सचिव: केशव राज भट्ट, सहसचिब: करण शिलवाल, कोषाध्यक्ष: दिपेन्द्र देबकोटा, सदस्यहरूमा क्रमशः कृष्ण अधिकारी, प्रदिप राई, सोम राई, कुबेर सिंह श्रेष्ठ, इन्द्र न्यौपाने, संगम पाण्डे र माधव लुइँटेल रहेका छन् । सल्लाहकारमा सिताराम प्याकुरेललाई मनोनीत गरिएको थियो ।