प्रभुको सब-एजेन्ट मोर्डन ईराको बरफ खाना शाखालाई - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रभुको सब-एजेन्ट मोर्डन ईराको बरफ खाना शाखालाई



अर्जुन खनाल /नयाँ दिल्ली

दिल्लीमा कार्यरत प्रभु मनि ट्रान्स्फ़रले सब-एजेन्ट रुपमा  न्यु मोर्डन  ईरा टुर एण्ड ट्रावल्स बरफ खाना शाखालाई दिएको छ ।  दिल्ली बाग्लुंग बस संचालनको उद्द्घाटनको अवसर पारेर उक्त कार्यको थालनी गरिएको हो  ।

भारतबाट नेपाल जाने क्रममा चोरी र लुटपाटका कार्य बढेपछी पैसा बोकेर जोखिम मोल्नु भन्दा  प्रभुबाट तुरुन्तै पैसा पाठाउन सकिने  र आफ्नै देशमा रेमिट्यान्स जाने हुदा एवंम  बिगत एक वर्ष देखि आफ्नो नेटवर्क बिस्तार गर्ने क्रममा मोर्डन ईरालाई उक्त कार्य दिएको प्रभु बैंकका  भारत प्रतिनिधि सुनिल मिश्र बताउछन ।उनि थप्छन ‘नेपल जादा कुनै रिक्स पनि उठाउनु नपर्ने र नेपलको जुन कुनै प्रभु मनि ट्रान्सफ़र या प्रभु बैकबाट तुरुन्तै भुक्तानी लिन सकिन्छ ‘ ।

नेपालबाट भारतमा फोन गर्दा धेरै लाग्ने हुदा अब भारतमा बसेरपनि नेपालका जुन कुनै फोनहरुमा पैसा रिचार्ज गरिदिने सुबिधा पनि दिएको मोर्डन ईराका प्रतिनिधिहरु बताउछन  ।