स्थायी कमिटी बैठक: अध्यक्षको प्रतिवेदन पारित, अन्य निर्णय पनि - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

स्थायी कमिटी बैठक: अध्यक्षको प्रतिवेदन पारित, अन्य निर्णय पनि



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

प्रचण्डको प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो ।

आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले राजनीतिक प्रतिवेदन पारित गरेको बताइएको छ ।

बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ ।

बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ भने पार्टी एकताका काम १५ दिनभित्र सक्ने निर्णय गरेको छ ।

बैठकलेअमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नभएको ठहर भएमा त्यसलाई स्वीकार गर्ने निर्णय समेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।