लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाले वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाले वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम गर्ने



समीर प्रकाश पाण्डे /युएई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको प्रथम वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम जुलाई १२ तारिक शुक्रवार क्लब एभरेष्ट बरदुबई मा हुने भएको छ ।

कार्यक्रमका लागि चर्चित गायक पशुपति शर्मा र  चर्चित मोडेल नायिका अञ्जली अधिकारीको साथमा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाका अध्यक्ष गोपीकृष्ण पंगेनीले बताएका छन्  ।

पंगेनीले हिमाल पोस्ट सँगको कुराकानीमा प्रतिष्ठानको केन्द्रीय भवन निर्माण सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा युएई बासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थिति भई सहयोग गर्न पनि अनुरोध गरेका छन् ।