प्रशान्त बाेहराकाे शब्दमा रहेको "नानी बैमानि" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

प्रशान्त बाेहराकाे शब्दमा रहेको “नानी बैमानि” सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट / कैलाली ।
प्रशान्त बाेहराकाे शब्द रचना रहेकाे पहिलाे सांगेतिक काेसेलि “नानि बैमानि” बजारमा सार्वजनिक भएको छ । म्युजिक भिडियोको सन्जय बीसि अफिसियल युट्युव च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको हो ।
बिगत लामाे समय देखि स्थानिय स्तरमा हुने विविध साहित्यिक र सांस्कृतिक कार्यक्रममा सक्रिय रहेका बाेहाेराले याे गित संगै अाफुलाई सांगीतिक क्षेत्रमा समेत प्रवेश गराएका छन् ।

यस गितमा गायक बादल क्षेत्रीकाे आवाज रहेको छ भने संगित जगत तिरुवाकाे रहेको छ । तिरुवा पछिल्लो समयका चर्चित र्‍याप गायक समेत हुन् । गितमा एरेन्ज भने विशाल निरौलाले भरेका छन् ।

बादल क्षेत्रीकाे प्रस्तुतिकाे रुपमा बजारमा सार्वजनिक गरिएको गितकाे म्युजिक भिडियाेको चर्चित निर्देशक बिक्रम चाैहानले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा स्वयं निर्देशक चौहान र टीका जैशीलाई अभिनयमा देख्न सकिन्छ ।

लक्ष्मण चौहानको सम्पादन रहेको उक्त म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् । बाेहरा र तिरुवा कैलालीको बर्दगाेरिया गाउपालिकाका स्थायि बासिन्दा हुन् ।

भिडियो हेर्नुहोस :