दुबईमा मेडिकल कलेज खोल्न र पानी सप्लाई गर्न राजकुमार शेख र दुर्गा प्रसाईबीच सम्झौता - Himal Post Himal Post
  • १९ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 4 2025
Logo

दुबईमा मेडिकल कलेज खोल्न र पानी सप्लाई गर्न राजकुमार शेख र दुर्गा प्रसाईबीच सम्झौता



काठमाडौं- झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर दुबईमा पनि खोल्ने सम्झौता भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम र बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईबीच सम्झौतामा पत्रमा हस्ताक्षर भएको हो।

वार्षिक ५ सय मेडिकल विद्यार्थी पढाउने गरी बीएण्डसी दुबईमा खोल्ने सम्झौता भएको हो । “नेपालको परिवारसँग सहकार्य गर्न पाउँदा ज्यादै खुसी भएको छु,” युएईका राजकुमारले सम्झौतापछि भने, “मानवतालाई केहीले छेक्न सक्दैन । म फरक भूगोलको तपाईँहरू फरक भूगोलको तर मानवता ठूलो कुरा हो ।”

बीएण्डसीले पूर्वाधारलगायतका मेडिकल कलेजका लागि आवश्यक मापदण्ड पूरा गरे पनि अहिलेसम्म चिकित्सा शिक्षाका कार्यक्रम चलाउन पाएको छैन।

यसै गरी, प्रसाईँले राजकुमार शेख मोहम्मदसँग नेपालबाट दुबईमा पानी सप्लाई गर्ने सम्झौता पनि गरेका छन्। राजकुमार शेख शनिबार पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवाको उद्घाटन गर्न झापा पुगेका हुन्। आइतबार नै उनले पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान सेवाको समेत एक समारोहमाझ उद्घाटन गरेका छन्।