युुट्युबर प्रनेश गौतम फेरी पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

युुट्युबर प्रनेश गौतम फेरी पक्राउ



काठमाडाैँ – बिहीबार राति मात्रै छुटेका प्रनेश गौतम शुक्रवार पुनः पक्राउ परेका छन्। जमानीमा रिहा भएका युुट्युबर गौतमलाई  महानगरिय प्रहरी परिसर काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

मुद्दा दर्तापछि शुक्रवार नै पेशी तोकिएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन । थुनछेक बहस आइतबारका लागि सरेको छ । अदालतमा मुद्दा दर्तापछि फैसला नभएसम्म छोड्न नमिल्ने भएकाले हिरासत राखिएको प्रहरीले बताएको छ ।

प्रहरीले गौतमलाई सात दिनअघि फिल्म निर्देशक मिलन चाम्सको उजुरीका आधारमा पक्राउ गरेको थियो । जमानतमा रिहाका दिन पनि गौतम मिडियासँग कुराकानी गर्न तयार थिएनन् ।