प्रमोद खरेलको नयाँ गीत सार्वजनिक - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रमोद खरेलको नयाँ गीत सार्वजनिक



चर्चित गायक प्रमोद खरेलको नयाँ गीत तिम्रो कल्पनामा सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानल मार्फत यो गीत सार्वजनिक भएको हो ।

निकै मिठो शब्द बुन्न सफल सुरेश पोखरेलको शब्द रहेको यो गीतमा ताराप्रकाश लिम्बुले सङ्गीत दिएका छन् । गीत धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा आफू विश्वस्त रहेको निर्माता तथा शब्द संकलक सुरेश पोखरेल बताउँछन् । यस गीतलाई युवा निर्देशक विशाल वैरागीले निर्देशन गरेका हुन ।

गीतमा चर्चित मोडल साया भण्डारी र साहित्यकार राजन पनेरूले अभिनय गरेका छन् । गीतलाई दिनेश मुस्कानले छायाङ्कन गरेका हुन भने अनिल विष्ट प्युठानी सम्पादन गरेका छन् ।