भीमार्जुनले भेट्टाए राष्ट्रपतिको प्रक्रियामै त्रुटी - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

भीमार्जुनले भेट्टाए राष्ट्रपतिको प्रक्रियामै त्रुटी



काठमाडौं– संसद विघटनविरुद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले बहस भैरहेको छ । निवेदक तर्फका अधिवक्ताले आज बहस सकाउने सम्भावना छ ।

बहसमा संविधानविद् डा. भिमार्जुन आचार्यले राष्ट्रपतिले आह्वान मा नै प्रक्रिया नै नमिलेको तर्क गरेका छन् । उनले नेपालको संविधानको धारा ७६ (५) अनुरूप प्रधानमन्त्रीको आह्वानको प्रकियामै प्रश्न उठाएका छन् । निवेदक पक्षबाट बहस गरेका आचार्यले यस्तो प्रश्न उठाएका हुन् ।

“७६ (३) को प्रधानमन्त्रीले ७६ (४) को प्रक्रिया पूरा नगरी ७६ (५) मा जानै सकिँदैन । किनभने, संसद्मा विश्वासको मत लिने कुरा म्यान्डेटरी हो,” आचार्यले भने, “प्रतिनिधिसभा विघटन असंवैधानिक हो, त्यहाँसम्म उहाँ पुग्ने अवस्था नै निर्माण भएको छैन ।”

उनले अगाडी बहस धारा ७६(५) को व्यवस्था राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरेजस्तो नभएको बताए ।

उनले भने, “उहाँहरुले जनताका प्रतिनिधिको अधिकार छिन्न सक्नुहुन्न । सार्वभौम संसद्को अधिकार छिन्न सक्नुहुन्न । सार्वभौम संसद्लाई मात्र रहेको विश्वासको मत दिने वा नदिने अधिकार राष्ट्रपति वा प्रधानमन्त्रीले खोस्न सक्नुहुन्न ।”