आफू सर्वसम्मत पार्टी सभापति बन्ने प्रकाशमानको दाबी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

आफू सर्वसम्मत पार्टी सभापति बन्ने प्रकाशमानको दाबी



काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन्।

सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका हुन्।

उनले आफू प्रकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताए। नेता सिंहले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टी आफू नेतृत्वमा पुगेपछि बनाउने दाबी गरे।

नेता सिंहले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताए।